खोटाङ ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ हस्पिटल चौक स्थित हरी जोशीको घरबाट तास, नगदसहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ साकेला गाउपालिका ५ का २७ बर्षीय हिराधन राई, साकेला गाउपालिका २ का २२ बर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ बर्षीय बसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ का ३८ बर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ बर्षीय खोमबहादुर मगर रहेका छन् ।
मंगलवार (आज) बिहानको राती १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले उनीहरुलाई तास खेलिरहेको अबस्थामा १ बुङ तास, नगद ७१ हजार २० रुपैयाँसहित पक्राउ गरिएको हो । पक्राउ परेका पाचै जनालाई कानुन बमोजिम कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।