बिर्तामोड  । 

अटो मोवाइल्स एशोसिएसन अफ नेपाल(नाडा) को अध्यक्ष पदका उम्मेद्वार करण चौधरीले झापाबाट उम्मेद्वारी घोषणा गरेका छन् । उनले आइतवार बिर्तामोडबट उम्म्द्वारी घोषणा गरेका हुन् ।  आगामी मंसीर २२ र २३ गते हुने ४५ औं अधिवेशनका लागि  चौधरीले  उम्मेद्वारी घोषणा गरेका हुन् ।

मेची अटो मोवाइल्स डिलर्स एशोसिएशनले आयोजना गरेको कार्यक्रमकामा चौधरीको  नेतृत्वमा उम्मेद्वारी घोषणा गरिएको हो ।  चौधरीको नेतृत्वमा सदस्य पदका लागि राजनवावु श्रेष्ठ, अभिक ज्योति, सुरेन्द्र कुमार उप्रेती, अनुप बराल, विक्रम सिघांनिया, पंकज अग्रवाल, निलमणि पाठक, गंगाराज भट्टराई, प्रकाश कपुरीले उम्मेद्वारी घोषणा गरेका हुन् ।

कार्यक्रममा नाडाका केन्द्रीय अध्यक्ष कृष्ण दुलालले नाडालाई आफ्नो पहलमा देशव्यापी रुपमा विस्तार गरेको बताएका छन् । उनले  सरकारलाई कुल राजश्वको २५ प्रतिशत योगदान आफूहरुको रहेको बताएका छन्  । नेपालमा ४० हजार सवारी साधन रहेको र त्यसमा ८० प्रतिशत दुई पाङ्ग्रे सवारी रहेको बताउँदै नेपालमा अझैंपनि थोरै मानिसले मातै चार पाङ्ग्रे सवारी साधान उपयोग गर्दै आएको धारणा राखे । अध्यक्ष दुलालले बर्षौ पुराना सडकका कारण नेपालमा धेरै सवारी देखिएको तर, सबैको पहुँचमा अझैंपनि सवारी साधन पुग्न नसकेको धारणा राखे ।

मेची अटो मोवाइ डिलर्स एशोसिएशनका संरक्षक बिनोद वस्नेतको अध्यक्षतामा  भएकोकार्यक्रममा नाडाका उपाध्यक्ष सुवाश भट्टराई, कोषाध्यक्ष सुरेशकुमार उप्रेती, सदस्य प्रकाश कपुरी, राजनवावु श्रेष्ठले बोलेका थिए । मेची अटो मोवाइ डिलर्स एशोसिएशन कार्यवहाक अध्यक्ष प्रकाश शिवाकोटीले स्वागत गरेको कार्यक्रमलाई पत्रकार  मनिषा चम्लागाईले सञ्चालन गरेकी थिइन् ।