सुनसरी ।
सुनसरी धरान उपमहानगरपालिका –२ बाट स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगद सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान –१५ सगरमाथा लाईनका ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका –२ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले उनीहरुलाई बिल भरपाई बिनाको ५ वटा सुनको चुरा २८५.३२० ग्राम र नगद १८ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 0