विराटनगर । 

झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका –१९ का २६ बर्षीय खगेन्द्र नेपाली, सुनसरी धरान उपमहानगरपालिका –८ का ३५ बर्षीय बिमल भुजेल र मोरङ कानेपोखरी गाउँपालिका –४ का २६ बर्षीय नारायण मगर रहेका छन् । 

ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले नेपालीलाई मेचीनगर नगरपालिका –६ स्थित मेची पुलबाट ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरेको हो भने सोही समयमा अस्थाई प्रहरी पोष्ट बरगाछीको प्रहरी टोलीले भुजेल र मगरलाई धरान उपमहानगरपालिका– ८ अटल पम्प कम्पाउन्ड भित्रबाट ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको प्रहरलिे जनाएको छ ।