सुनसरी ।
सुनसरी कोशी गाउँपालिका –८ भाण्टाबारी चोक स्थित पुर्व–पश्चिम राजमार्गमा अन टेष्ट स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा दमक नगरपालिका –१ की २६ बर्षीया सासा लिम्बु रहेकी छन् । पुर्बबाट पश्चिम जादै गरेको उक्त स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
सो दर्घटनामा स्कुटी पछाडी सवार रहेकी झापा बुद्दशान्ति गाउँपालिका –१ की २७ बर्षीया रेनु गुरुङ भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।