झापा ।
निरन्तरको वर्षापछि मोरङको विराटनगरस्थित विराटनगर विमानस्थल डुबानमा परेको छ । केशलिया खोलाको बाढी विमानस्थलमा पसेपछि डुबान भएको हो।
विमानस्थलको सबै क्षेत्रमा पानी पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी दिए। उनका अनुसार विमानस्थलको धावन मार्गमा करिब पाँच फिटसम्म पानी जमेको छ। बुधबार बिहानदेखि विमानस्थलमा खोलाको बाढि पसेको उनले बताए।‘ विमानस्थलको सम्पूर्ण क्षेत्र डुबानमा परको छ।
हामी पनि बाढीपीडित बनेका छौँ,’ उनले भने, ‘आज त उडानको कुरा छाडौँ‚ ज्यान जोगाउन मुस्किल छ।’ एयरपोर्टमा बाढी पसेपछि मंगलबारदेखि उडान प्रभावित भएको उनले जानकारी दिए।