झापा ।
झापा बिर्तामोड नगरपालिका –९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय जगदिश ओली रहेका छन् । प्रहरी चौकी बिर्ताबजारको टोलीले उनलाई डिजिटल तराजु र ब्राउन सुगर ९ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका ओलीलाई ईलाका प्रहरी कार्यालय अनामनीले थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।