संखुवासभा ।
संखुवासभा मादी नगरपालिका –१ तिनजुरे स्थित भित्री कच्ची सडक खण्डमा ट्यक्टर भिरबाट खसेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुँरास नगरपालिका –१ घुर्मुसेका ३७ बर्षीय रमेश दाहाल रहेका छन् । टुटेबाट गुफातर्फ जादै गरेको ON TEST ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बायाँ अन्दाजी ३०० मिटर तल भिरमा खसेर दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी चौकी मादीमुलखर्क, टुटेदेउराली र ईलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोलीले कानुनी प्रक्रिया तथा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।