- सुदिप गिरी
हल्दिवारी ।
प्रत्येक वर्ष आयोजना हुने हल्दिबारी –४ बडाबारी स्थित नवदुर्गा मन्दिर परिसरमा दशैं बिशेष मेला भब्यताका साथ सम्पन्न भएको छ।
मेलामा बिभिन्न समूहमा सन्थाल नाचहरू ,मन–मोहक दृश्यहरू विभिन्न बाजा गाजाका साथ प्रदर्शन गरिएको थियो। मेलामा सन्थाल समुदायबाट समूह समूह बनाई आफ्नौ मौलिक भाषा तथा सास्कृतिक भेष भुषामा बाजा–गाजासहित नृत्य र दृश्यले मेला अबलोकन गर्नेको ध्यान तान्न सफल भएको थियो ।
गएका बर्षहरूमा भन्दा यस वर्ष कोभिड –१९ महामारीका कारण पहिलेको जस्तो धुमधाम र भब्य भेला हुन नसकेको स्थानीय भीष्मप्रसाद कडेले बताए ।


















