सुनसरी ।
सुनसरी बराहक्षेत्र नगरपालिका –७ संगम चौकका ४७ बर्षीय अर्जुन खड्काको रुखबाट लडेर मृत्यु भएको छ ।
शुक्रवार विहान (आज) बिहान बराहक्षेत्र नगरपालिका– ८ स्थित जंगलमा साजको रुखमा चढी बाख्रालाई घाँस काट्ने क्रममा अचानक लडेर घाइते भएका उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।