झापा । 

झापा भद्रपुर नगरपालिका– ४ रंगेडाडामा सेफ्टी टेयाङ्कीको गाडीले ठक्कर दिँदा साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल यात्री भद्रपुर नगरपालिका –६ का ६० बर्षीय महेशसिंह राजवंशी रहेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी टेयाङकीको गाडीले बिपरित दिशाबाट आउदै गरेको साईकललाई बुधवार ठक्कर दिदाँ गम्भिर घाईते भएका राजबशीको उपचारको लागी ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्याउन साथ मृत्यु भएको छ ।

गाडी र चालक भद्रपुर नगरपालिका –१० का २१ बर्षीय आमसमणी टुडु वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।