झापा ।
बडादशैंको महाअष्टमी दुर्गा भवानीको पूजा गरी मनाइँदै छ । आजको दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ ।
आजको दिन विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको पूजा गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।
आज देशभरका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्ने गरेकाने छ । पशु बलि नचढाउनेले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्ने चलन समेत रहेको छ ।
त्यसैगरी आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस पनि परेको छ । प्रत्येक बर्ष यो दिवस विश्व समुदायले अक्टोवर महिनाको १३ तारिखमा विभिन्न कार्यक्रम सभा सम्मेलन, गोष्ठी लगायत गरेर जनजागरण फैलाउने, अनि हानी न्युनीकरणका लागि यस दिवसको महत्व धेरै छ ।
विश्वभरिका देशहरूबीच प्राकृतिक प्रकोप नियन्त्रण निम्ति सहकार्यको पैरवी गर्न यो दिवसको भूमिकालाई यो वर्ष विशेष जोड दिइएको छ ।