बुट्टावारी ।
सामुदायिक सिर्जनशील समाज अर्जुनधारा ११ को आयोजनामा भएको नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको उपाधि मेचीनगर–१२ को चारआली फुटबल क्लबले हात पारेको छ ।
वडादशै, तिहार र छठ पर्वको अवसरमा देवनिया खेल मैदानमा आयोजित प्रतियोगितामा इन्दिरा आमा कल्ब अर्जुनधारा ११ लाई चारआली फुटबल क्लबका जर्सी न १४ का विशाल दर्जीले १ गोलले बिजय हासिल गरेको थियो।
आजको फाइनल खेलमा मेन अफ द म्याचको उपाधी बिजेता टिमका जर्सी नम्बर १४ का विशाल दर्जीलार्इ नगद ट्रफी हस्तान्तरण गरिएको थियो । त्यसैगरी उत्कृष्ट फरवार्ड जर्सी न ११ का विवेक रार्इ, उत्कृष्ट डिफेन्स इन्दिरा आमा क्लबका जर्सी नम्बर १२ का सुजन बिक र उत्कृष्ट गोल रक्षक चारआली फुटबल क्लबका गोल रक्षक राजकुमार लिम्बुलार्इ नगदसहित ट्र्फि प्रमाणपत्र प्रदान गरिएको थियो ।
पहिलो बिजेता टिम चारआली फुटबल क्लबलाई नगद पन्द्र हजार कप ट्रफी प्रमाणपत्र उप बिजेता आयोजक टिम इन्दिरा आमा क्लबलाई नगद दस हजार कप, ट्रफी ,प्रमाणपत्र प्रमुख अतिथि अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले प्रदान गरेका थिए ।
निर्णायक समुहमा राष्ट्रिय रेफ्री प्रदीप बस्नेत, प्रकाश काफ्ले, लोकराज ढुंगाना रहेका थिए भने प्रतियोगितामा सहयोग गर्ने सहगोगी दाताहरु पहिलो पुरस्कार दाता अर्जुनधारा नगरपालिका ११ दोस्रो पुरस्कार दाता किरण जबेगु, बिर्तामोड नगरपालिका ६, सिजि ग्रुपका ख्याम कुइकेल, सनलाइट फर्मा संचालक बिपिन खरेल स्वास्थ्य सेवा प्रदान गर्ने मोसेस खड्का, हैकम राज घिसिङ, प्रदीप राजवंशी, सरोज बर्देवा, आशआसिस खड्का सुनिता धिमाल, डम्बर चौधरी, अर्जुन लम्जेल नरेन्द्र खड्का लगायत २२ संघ सस्थालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अतिथिहरु अर्जुनधारा नगरपालिका ११ वडा अध्यक्ष भैरबबहादुर खडका, बिर्तामोड नगरपालिका ६ का अध्यक्ष सुर्यप्रसाद कन्दङ्गवा, झापा फुटबल संघ अध्यक्ष भगिरथ आले, वडा सदस्य मोहनकुमार योगी, लक्ष्मी राई, हस्तबहादुर परियार लगायतले शुभकामना राखेका थिए । जगतबहादुर मगरको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण सचिव रन्जित परियारले गगरेका थिए ।