सुनसरी । 

सुनसरीको ईटहरी उप–महानगरपालिका–६ धरान लाईनबाट दुर्लभ बनस्पति यार्सागुम्बासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सो स्थानमा दुर्लभ बनस्पति यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको सूचनाका आधारमा  प्रादेशिक अनुसन्धान समूह  विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले खोटाङ रावावेशी गाउँपालिका–४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका–४ का ३२ बर्षीय श्याम कुमार लिम्बुलाई ३ केजी दुर्लभ बनस्पती यार्सागुम्बासहित आईतवार पक्राउ गरेको हो ।

यार्सागुम्बासहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।