मोरङ । 

मोरङको बिराटनगर महानगरपालिका –१५ स्थित सायरा होटल सञ्चालक जहदा गाउपालिका– ७ घर भएका २८ बर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 

सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीको  प्रहरी टोलीले  चेकजाँच गरेको थियो ।

चेकजाँच गर्दा सो होटलबाट लागूऔषध DIALEX-DC १५ बोतल,  नाईट्राभेट ४२ चक्की,  SPASMO-PROXYVON २४ चक्की, SPAS-TRANCON PLUS ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको हो । लागूऔषध बरामद भएपछि  होटलका सञ्चालक साहलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।