मोरङ ।
मोरङ सुनवर्षी नगरपालिका –९ डायनियाका श्यामप्रसाद सिंहको ३ बर्षीय छोरा अजित सिंह पोखरीमा डुवेर मृत्यु भएको छ । आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगा धुदै गर्दा खेल्ने क्रममा अचानक पोखरीमा डुवेर घाईते भएका थिए ।
उनको उपचारकै क्रममा रंगेली अस्पतालमा उपचारको क्रममा दिउसो १ बजे मृत्यु भएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


















