चारपाने ।

 सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक करोड ७ लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता  वितरण गरेको छ ।

संस्थाले आइतवार चारपानेमा सामाजिक सुरक्षा भत्ता  वितरण कार्यक्रमको आयोजना गरी संस्थाका ९ सय ३५ जना सदस्यलाई  सो रकम प्रदान गरेको हो । सामाजिक सुरक्षा रकम विभिन्न सेवा केन्द्रमार्फत प्रदान गरिने संस्थाले जनाएको छ ।

sa2

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विभिन्न छ वटा शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको जानकारी दिए । उनले एकल महिला भत्ताबापत ८ हजार रुपैयाँका दर ५ सय ९२ जनालाई ४७ लाख ३६ हजार र ५८ वर्ष पूरा गरेका १२ जना एकल पुरुषलाई ६ हजार रुपैयाँका दरले ७२ हजार रुपैयाँ वितरण कार्यक्रममा जानकारी दिएका थिए । 

sa4

त्यसैगरी २ सय ४२ जना ज्येष्ठ सदस्यलाई १६ लाख ७६ हजार रुपैया, ७० वर्षसम्मका ज्येष्ठ सदस्यलाई आठ हजार, ७१ वर्षदेखि ८५ वर्षसम्मका ज्येष्ठ सदस्यलाई १० हजार रुपैयाँका दरले भत्ता प्रदान गरिएको गिरीले बताए । ज्येष्ठ सदस्यहरुको दीर्घायुको कामना गर्दै ८६ वर्षदखि ९९ वर्षसम्मका सदस्यलाई २५ हजार रुपैयाँ वितरण गरिएको छ ।

हौसला कार्यक्रम अन्तर्गत पूर्णरुपमा अशक्त र अपांगता भएका नौजना सदस्यलाई १० हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, दिवंगत भएका सदस्य तथा कर्मचारीको सम्झनामा हरेक दुईदुई वर्षमा आश्रित परिवारलाई २५ हजारका दरले पाँच पटकसम्म रकम उपलब्ध गराइने संस्थाले जनाएको छ । सो अन्तर्गत ६३ जनालाई १५ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको संस्थाले जनाएको छ ।

त्यस्तै, परिवार राहत कार्यक्रम अन्तर्गत ७५ वर्ष पुगेपछि स्वयम सदस्यलाई नै तथा निधन भएमा परिवारका सदस्यलाई जीवन यापनमा सहजताका लागि एक लाखदेखि पाँच लाख रुपैयाँसम्म वितरण गरिएको छ । सो अन्र्तगत १७ जनालाई २६ लाख रुपैयाँ प्रदान गरिएको गिरीले जानकारी दिए ।

कार्यक्रममा संस्थाका पूर्व कर्मचारी स्वर्गीय यादव बस्नेतको स्मृतिमा स्वर्गीय यादव बस्नेत सहारा अक्षयकोष घोषणा गरिएको थियो । अक्षयकोषको राशि १० लाख रुपैयाँ रहेको छ । त्यस्तै, एकल महिला रेणुका नेपाललाई विशेष सम्मान गरिएको थियो ।

sa5

sa3

संस्थाका कार्यवहाक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बचत तथा ऋण सहकारी संघ १ नम्बर प्रदेश अध्यक्ष घनश्याम अधिकारी, संरक्षक नरनाथ गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

कार्यक्रममा सामाजिक सुरक्षा उपसमिति संयोजक डिल्लीराम सिटौलाले स्वागत गरेको कार्यक्रमलाई दिनेशबहादुर निरौलाले सञ्चालन गरेको  थिए । सोही कार्यक्रमका वीच बडादसैँको शुभकामना आदानप्रदान समेत गरिएको थियो भने कार्यक्रममा  संस्थाका जेष्ठ सदस्यले नाचगानसमेत गरेका थिए ।