- सुदिप गिरी
हल्दिवारी ।
हल्दिबारीका अधिकांश सडकको अवस्था यात्रा गरिसक्नु छैन । मुख्यतः शाखा सडकहरू बर्खायामको अत्याधिक पानी र भेलका कारण भत्किएका छन्। सडकमा ठाउँ ठाउँमा पानी जमेका कारण ठूल–ठूला खाल्डाखुल्डी भएको छ ।
बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारी साधन चाँडै बिग्रिने, दुर्घटना हुने, गाडीको पट्टा भाँचिने, टायर खिइने, सवारी साधना टुट्फुट धेरै नै हुने गरेको गुनासो हल्दिबारी –३ का स्थानीय प्रेम राज न्यौपानेले बताएका छन् ।
‘यसरी भदौको झरीमा त जसोतसो यात्रा गरियो’ उनले भने ‘अब त असोज लागेसँगै सवारी साधानहरूको चहलपहल पनि सडकमा बडेको छ, तर सडकमा सवारीसाधन चलाउन सकिने अबस्था छैन ।’
चाडपर्वहरू नजिकिँदै छन् यस्तो सडकको खाल्डाखुल्डी पुर्ने र सडक मर्मत गर्ने काम कहिले गर्ने हो ? भनी हल्दिबारी –३ का वडा अध्यक्ष रोशन शिवाकोटीसँग कुराकानी गर्दै भन्छन् ‘मुख्य हिड्न नसकिनेगरी बन्द भएको हल्दिबारी ३ को बाटो भनेको शेखर मेचेको घरदेखि ऐनाबारी हुँदै लक्ष्मी चोक सम्मको बाटो हो ।’
उनका अनुसार यो बाटो निर्माणका लागि गाउँ कार्यपालिकाको बैठकले बजेट बिनियोजन गरिसकेको छ । तत्काल आजभोलि नै बाटो मर्मतगरी सवारी साधन सञ्चालन गर्ने कुनै योजना भएको छैन । अन्य बाटोहरूको हकमा भने केहिमा खाल्डाखुल्डी पुरिएको छ ।
अब बाँकी रहेको केही बाटोहरूमा दशैपछि काम शुरू गर्ने योजना भएको उनले बताए । यसरी सामान्य मर्मत गर्दा सञ्चालन गर्न सकिने बाटोहरू समयमा मर्मत नगरि दिदा हजारौं स्थानीय यात्रुहरूले दुःख सास्ती खेप्नु परेको छ ।


















