झापा । 

झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ  स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका– ६ का ३० बर्षीय निरज तामाङ रहेका छन् । खुदुनाबारीबाट शनिश्चरे जादै गरेको मे. ४ प. २८१५  नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई कल्भर्टमा ठोकी दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमै  मृत्यु भएको हो ।

घटनाबारे ईलाका प्रहरी कार्यालय अनामनीको  प्रहरी टोली ले थप अनुसन्धानगरिरहेको प्रहरीले जनाएको छ ।