चन्द्रगढी ।

झापाको भद्रपुर वडा न. ९ र १० मा कार्यक्षेत्र रहेको चन्द्रगढी दोस्रो खानेपानी तथा सरसफाइ समितीको आठौ साधरणसभा शनिवार सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठको  प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सस्थाका अध्यक्ष चुडामणी मैनालीले सस्थाको वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । 

प्रमुख अतिथि चन्द्रमाया श्रेष्ठ, जिल्ला खानेपानी उपभोक्ता सङका बाबू राम कार्की, नेपाली कांग्रेसका रमेशचन्द्र झा, नेकपा एमालेका जगदिश जोशी, जीवन ज्योती आधारभुत बिध्यालयका प्रधानाध्यापक निर्मला पौडेल, सन्चारकर्मी राजु बराल , जग्गादाता बद्री उप्रेती, केदारेश्वर शिव पान्चायान मन्दिर अध्यक्ष राजेन्द्र रिजाल, प्रकाश एकता कृषि सहकारी सस्था अध्यक्ष गोपाल श्रेष्ठ, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह सचिव शकुन्तला पोखरेल, हडिया कुलो कृषक समूह अध्यक्ष दिनानाथ उप्रेतीले शुभकामना मन्तब्य राखेका थिए । 

सस्थाका अध्यक्ष चुडामणी मैनालीको अध्यक्षता, उपाध्यक्ष पार्वती मल्लको स्वागत रहेको कार्यक्रमको सन्चालन सचिव ध्रुवराज कार्कीले गरेका थिए ।