बिर्तामोड ।
झापा बिर्तामोड–४ को संजिवनी बचत तथा ऋण सहकारी संस्थाले संस्थाका सदस्यको स्वास्थ्य उपचारमा १० लाख ९७ हजार ७ सय ३२ रुपैयाँ प्रदान गरेको छ ।
बिर्तामोडमा शनिवार भएको संस्थाको १४ औं बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष यामकुमार चुडालद्धारा प्रस्तुत प्रतिवेदनमा आर्थिक बर्ष २०७७/०७८ मा संस्थाले सदस्यहरुलाई प्रदान गरेको सहयोग उल्लेख छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत ६० हजार सहयोग गरेको अध्यक्ष चुडालद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । एकहजार ९ सय ९१ जना शेयर सदस्य रहेको संस्थाले २०७७/०७८ सम्ममा २ करोड ७४ लाख ७८ हजार शेयरपुँजी पुर्याउन सफल भएको छ । संस्थाले बचत २२ करोड ९ लाख ४ हजार ३ सय ८६ रुपैयाँ ४३ पैसा, ऋण लगानी २८ करोड ९६ लाख २१ हजार २३ रुपैयाँ ८२ पैसा, खुद नाफा ६२ लाख ८४ हजार २ सय ३१ रुपैयाँ १६ पैसा गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष चुडालले संस्था नाममा दर्ता रहेको जग्गामा एक करोड रुपैयाँकोभवन निर्माणका लागि प्रस्ताव अघि सारेका छन् । त्यसैगरी सदस्यहरुलाई आवश्यकता अनुसारको सहकारी शिक्षा तालिमको व्यवस्था गरिने, सक्रियता तथा आर्थिक योगदानको आधारमा २ पटकसम्म सहकारी अवलोकन तथा भ्रमण कार्यक्रमलगायत गरिने उनले बताए ।
संस्थाका अध्यक्ष चुडालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्र ओलीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष दिनेशकुमार सुवेदीले गरेको कार्यक्रममा समिटि माइक्रो फाइनान्स वित्तिय संस्था लिका अध्यक्ष तिर्थराज ढकालले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक कमला शिवाकोटीले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन ब्यवस्थापक कृष्णप्रसाद खरेलले गरेका थिए ।