अर्जुनधारा ।
सामुदायिक सिर्जनशील समाज अर्जुनधारा ११ ले आयोजना गरेको नकआउट फुटबल प्रतियोगितामा धाइजन फुटबल क्लब मेचीनगरले जित हात पारेको छ ।
२०७८ सालको बिजय दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा भएको प्रतियोगितामा प्रगति युवा फुटबल क्लव अर्जुनधारा ११ र धाइजन फुटबल क्लब बिच भएको थियो । खेलमा २÷२ गोल भएपछि बराबरी भएको थियो । दुबै तर्फबाट पेलन्टी गोल हान्दै प्रगति युवा फुटबल क्लवलाई ५ को विरुद्ध ६ गोल गर्दै धाइजन फुटबल क्लवले बिजय हात परेको हो ।
आजको खेलमा मेन अफ द म्याचको उपाधि प्रगति युवा फुटबल क्लबका जर्सी नम्बर ७ का सुनिल बिकलार्इ नगद हस्तान्तरण गरिएको थियो । भोलि हुने सेमिफाइनल खेल इन्दिरा आमा क्लब र नमुना सन्थाल क्लब बिच हुने भएको छ भने फाइनल खेल २६ गते हुने आयोजक समितिका सचिव रन्जित परियारले बताए।