बिर्तामोड ।
बिर्तामोड वडा स्तरीय फुटबल खेलमा वडा नम्बर ६ फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद बिकास समितिको आयोजनामा संचालित फुटबल प्रतियोगितामा शुक्रबार भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुबै टिमबाट बराबर भएपछि टाइब्रेकरमा ४–३ ले वडा नम्बर ७ लाई पराजित गर्दै वडा नम्बर ६ फाइनलमा पुगेको हो ।
निर्धारित समयमा वडा ७ का सन्तोष लावती र ६ का सिद्धार्थ अधिकारीले २–२ गोल गरेका थिए । खेलको म्यान अफ त म्याच वडा नम्बर ६ का गोल रक्षक अभिषेक चौधरी घोषित भए ।
शनिबारको खेल वडा नम्बर १० र ४ बिच हुने अध्यक्ष टीका संग्रौलाले जानकारी दिए ।