संखुवासभा ।
जिल्ला संखुवासभा खाँदबारी नगरपालिका –२ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते भएका छन् ।
मृत्यु हुनेमा चालक संखुवासभा खादबारी नगरपालिका ५ लेलुवाका २५ बर्षीय मणी तामाङ रहेका छन् भने घाईते भएका सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको घोपा धरानमा उपचार भईहेको छ । चेवाबाट चारबरतर्फ जादै गरेको प्र १०२००३ तं. १२२४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी १५ मिटर तल खसि दुर्घटना भएको थियो ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी माने भन्ज्याङबाट प्रहरी टोली खटि गई दुवै जना घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खादबारीमा पठाईएको हो । सो दुर्घटबाट गम्भिर घाईते भएका चालकको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको थियो भने घाईते सहचालकलाई थप उपचारको लागि धरान पठाईएको थियो । ट्याक्टर घटनास्थलमै रहेकोले निकाल्न पहल भईरहेको छ । घटना सम्बन्धमा कानुनि प्रकृया तथा अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।