अर्जुनधारा ।
सामुदायिक सिर्जनशील समाज अर्जुनधारा –११ ले सञ्चालन गरेको नकआउट फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन बुटाबारी युनाइटेड क्लब बिर्तामोडले जित हासिल गरेको छ ।
२०७८ सालको बिजय दशमी शुभ दिपावली तथा छठ पर्वको अवसरमा भएको प्रतियोगितामा अर्जुनधारा क्लब अर्जुनधारा ७ र बुट्टावारि युनाइटेड क्लब बिच भएको खेलमा मद्यायन्न अधि १ का विरुद्ध १ गोल बराबरी भए भएको थियो । दुबै तर्फबाट पेलन्टि गोल हान्दै अर्जुनघारा क्ल्बलार्इ ४ को विरुद्ध ५ गोल गर्दै बुट्टावारी युनाइटेड क्लवले बिजय हात परेको थियो ।
आजको खेलमा मेन अफ द म्याचको उपाधि बुट्टावारी युनाइटेड क्लबका जर्सी नम्बर ६ का किरण गुरुङलार्इ झापा फुटबल संघका अध्यक्ष भगिरथ आलेले नगद हस्तान्तरण गरेका थिए । भोली प्रगति युवा क्लब अर्जुनधारा ११ र धाइजन फुटबल क्लब मेचीनगर १३ बिच हुनेछ । फाइनल खेल २६ गते हुने आयोजक समितिका सचिव रञ्जित परियारले बताए ।