बिर्तामोड ।
परिवेश डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित ‘परिवेश मिडिया डटकम’ औपचारिकरूपमा सञ्चालनमा आएको छ । घटस्थापनाको दिन अनलाइनको उद्घाटन भएको हो ।
पत्रकार पुष्प खड्काको सम्पादनमा सञ्चालनमा आएको अनलाइन लक्ष्मीप्रसाद बास्कोटा प्रबन्ध निर्देशक छन् । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले विहिवार अनलाइनको उद्घाटन गरेका हुन्।
उद्घाटनपछि अध्यक्ष गिरीले ज्ञान, सीप र प्रविधिको प्रयोगमार्फत विश्वसनीय समाचार उत्पादनमा अनलाइन मिडिया लाग्नु पर्ने बताए ।
झापाका अग्रज पत्रकार लीला बरालले कुनै पनि काम सजिलो नभएको बताउँदै अरु भन्दा फरक शैलीमा समाचार पढ्न पाउनु पर्ने बताए। अरुबाट सिक्ने बिषयमा पनि पत्रकार संवेदनशील हुनुपर्ने उनको जोड थियो ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा सिवाकोटी र सामाजिक अभियन्ता खिवराज दाहालले सत्य तथ्य सूचनाका लागि परिवेश मिडिया सबैको रोजाईमा पर्नु पर्ने बताए।