बिर्तामोड ।
झापाको अर्जुनधारा–६ मा घटस्थापनाको दिनबाट सेभेन स्टार डिपार्टमेन्ट सञ्चालनमा आएको छ । बिहिवार उक्त डिपार्टमेन्टको उद्घाटन बिर्तामोडस्थित वीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले गरेका थिए । उक्त कार्यक्रममा प्रसाईलाई सम्मान समेत गरिएको थियो ।
केशवकुमार पोखरेल, होमनाथ पौडेल, रेशबहादुर बस्नेत, विमल मेचे, वीरबहादुर राई, प्रकाश भट्टराई र किशोर पौडेलले २ करोडको लगानीमा डिपार्टमेन्ट सञ्चालनमा ल्याएका हुन् ।
स्थानीयलाई सुबिधा दिने उदेश्यले डिपार्टमेन्ट सञ्चालन गरिएको सञ्चालक किशोर पौडेलले बताए । उक्त पसलमा सम्पूर्ण खाद्यन्न, विद्युतीय सामाग्री, पेय पदार्थ उपलब्ध छ । सञ्चालक रेशबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीएण्डसीका सञ्चालक प्रसाई रहेका थिए ।
स्वागत सञ्चालक होमनाथ पौडलले गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिका–६ का अध्यक्ष लोकनाथ गौतम, वीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रोमिश गिरीलगायतको उपस्थिति थियो ।