धनकुटा ।
धनकुटा पाख्रिवास नगरपालिका –४ स्थित मध्यपहाडी लोकमार्गमा बा २ ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका –११ का १७ बर्षीय धनबहादुर पाठक रहेका छन् । भोजपुरबाट धरान तर्फ आउदै गरेको गुडीरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भिर घाईते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो ।
बस र बस चालक भोजपुर अरुण गाउँपालिका– ७ का ३५ बर्षीय दुर्गा बहादुर श्रेष्ठ ईलाका प्रहरी कार्यालय पाख्रीबासको धनकुटाको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।