• सुदिप गिरी 

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपाली बजारमा मूल्य वृद्धि भएको छ ।  यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले १५० सीसी भन्दा माथिका अधिकांश मोटरसाइकलको मूल्य वृद्धि गरेको छ ।

सरकारले केही दिन पहिले सार्वजनिक गरेको प्रतिस्थापन विधेयकमार्फत यी मोटरसाइकलको कर वृद्धि गरेको थियो । हालै काठमाडौंको भृकुटीमण्डमा एक्सचेन्ज मेला सम्पन्न गरे पश्चात अब यामाहाका यी मोटरसाइकलको मूल्य वृद्धि गरिएको हो ।

yamaha1

यामाहाको एफजी २५ को मूल्यमा १६ हजार रुपैयाँ वृद्धि भई ४ लाख ६२ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी आर १५ भी ३ को मूल्यमा १५ हजार रुपैयाँले वृद्धि भई ४ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ । एफजेडएस एफआई भी ३ को मूल्यमा १० हजार रुपैयाँले वृद्धि भई ३ लाख ४४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यामाहाका स्कुटरको मूल्यमा १ हजार र २ हजार रुपैयाँले मात्र मूल्य वृद्धि गरिएको छ । यामाहाका स्कुटर भने ११३ र १२५ सीसीका मात्र छन् ।