सुरुङ्गा ।
झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा वडा नं.३ विजयी बनेको छ । योसँगै वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको पहिलो चरणको खेल समापन भएको छ ।
कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.८ लाई ३—१ गोलको अन्तरले पछि पार्दै वडा नं.३ विजयी बनेको हो ।
खेलको ३५ औं मिनटमा विजयी टिम कनकाई ३ का खेलाडी निशान गुरुङले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिएका थिए । त्यसपछि थप आक्रामक बनेको वडा नं.८ ले विपक्षीको गोल पोष्ट नजिकै आँपूmले पाएको फ्रि किकलाई समेत सहि सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको थियो । खेल प्रतिस्पर्धात्मक देखिए पनि कनकाई ३ का सनम देवानले खेलको ६० औं मिनटमा र रोहन कार्कीले ६५औं मिनटमा १÷१ गोल गर्दै आफ्नो टिमलाई सुरक्षित बनाएका थिए ।
वडा नं.८ ले भने खेलको ६८ औं मिनटमा १ गोल फर्काउन सफल भएको थियो । खेलको अन्त्यतिर राजु हास्दाले १ गोल गर्दै आप्mनो टिमका तर्फबाट खाता खोलेका थिए । प्रतियोगिताको दोस्रो चरणमा विहिबार कनकाईको वडा नं. १ र वडा नं.७ विचमा प्रतिस्पर्धा हुने हुनेछ ।