बिर्तामोड ।
बीएण्डसी टिचिङ हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले नेपालमा लगानी सुरक्षाको वातावरण बनाउन माग गरेका छन् ।
व्यवसायी प्रसाईले आफुले ५० हजार जनालाई रोजगारी दिने हिसावले लगानी बढाउन खोजेको बताएका छन् । झापाको बिर्तामोडमा विहिवार स्वतन्त्र युवा समूहले आयोजना गरेको कार्यक्रममा प्रमुख बत्ताको रुपमा बोल्दै प्रसाईले सो कुरा बताएका हुन् । उनले नेपालमा लगानीको वातावरण नभएको बताएका छन् ।
‘म जे गर्छु, नेपाल र नेपालीका लागि गर्छु’ भन्ने नाराका साथ अगाडि बढेको बताएका छन् । प्रसाईले आफु नेपालमै रोजगारी सृजना गरेर युवा शक्तिलाई नेपालमै रोजगारी दिनेमा अग्रसर रहेको बताए ।
माओबादी जनयुद्धमा लामो समय लागेर सैनिक हिरासत बसेको उल्लेख गर्दै प्रसाईले यर्थाथमा माओवादी पार्टी पनि काम नलाग्ने देखेर एमालेसँग नजिक भएको तर्क गरेका थिए । एमाले अध्यक्ष केपी ओलीको काम गर्ने क्षमता र भिजनबाट प्रभावित भएर आफू एमाले भएको प्रसाईको तर्क थियो ।