• सुदिप गिरी 

झापाको हल्दिबारी गाउँपालिकामा कार्यक्षेत्र रहेको प्रभात बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरू तथा समुदायलाई लक्षित गरी सुपथ मूल्यको पसल सञ्चालनमा ल्याउने भएको छ ।  मंगलवारेमा रहेको  संस्थाको आफ्नै भवनमा  बिहिवार(भोली)घटस्थापनाका अवसरमा पसल सञ्चालनमा आउने भएको हो ।  पसलको उद्घाटन हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीद्धारा गरिने  संस्थाका अध्यक्ष देबीप्रसाद ओलीले  बताएका छन्। 

पसलमा दैनिक उपभोग्य बस्तुहरू दाल, चामल, चिनी, तेल ,नुन आदि लगायत  विभिन्न महिलाको सौदर्य सामाग्रीहरू साथै बिभिन्न उपहारका सामाग्रीहरू  उपलब्ध रहने सञ्चालक समितिका अध्यक्ष ओलीले बबताए । साथै हाल ३ जनालाई प्रत्यक्ष रोजगारी समेत दिईएको उनले जानकारी दिए । गुणस्तरीय सामानहरू सुपथ मुल्यमा पसलमा उपलब्ध गराईने उनको भनाई छ । 

 १० लाख रुपैयाँको लागतमा शुरु गरिएको उक्त पसल मंगलबारेस्थित संस्थाको आफ्नै भवनमा रहेको  छ । पसल विहान ६ देखि बेलुका ६ वजेसम्म सञ्चालन रहने उनले जानकारी दिए ।  पसल उद्घाटन कार्यक्रममा धेरैको उपस्थिति रहने उनले बताएका छन् ।