बिर्तामोड ।
झापाको बिर्तामोडमा रहेको वीएण्डसी हस्पिटलमा विना चिरफार टाउँकोको उपचार हुने भएको छ । हस्पिटलले मंगलवार बिर्तामोडस्थित हस्पिटलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा जानकारी दिएको हो ।
हस्पिटलका डा. करुणा ताम्राकार र दिनेश थापाको टिमले विना चिरफार १२ वटा सफल उपचार गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सोही क्रममा बिर्तामोडकै ६० बर्षिया लीलादेवी थपलियाको सफल उपचारपछि पत्रकारसँग भेटघाट गराइएको थियो । नशा सुकेर हुने स्टोक विना अप्रेशन गर्न सकिने डा.ताम्राकारले बताइन् ।
पूर्वमै पहिलो पटक टाउँकोको विना चिरफार शल्यक्रिया शुरु गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले जानकारी दिए । उनले एक बर्षअघिदेखि उक्त उपकरण अस्पतालमा रहेको बताए । कार्यक्रममा हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईको समेत उपस्थिति रहेको थियो ।