मोरङ । 

मोरङ उर्लाबारी नगरपालिका –५ स्कुल डाँडाबाट  प्रहरीले प्रतिबन्धित औषधीसहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका –४ चौबाटो का २४ बर्षीय कृष्ण उराँउ,  पथरी शनिश्चरे नगरपालिका –३ का  २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका च१० का शिबकुमार कार्की रहेका छन् ।

  ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले उनीहरुलाई प्रतिबन्धित औषधि Tramadol ४१७ क्याप्सुल र Spaspain ४१७ क्याप्सुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनाको  थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।