विराटनगर ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले चोरी मुद्रद्दा र बैदेशिक रोजगार ठगी कसूर मुद्दामा कसुरदार ठहरीएर  फरार भएका २ जना आज पक्राउ गरि  अदालतमा पेश गरेर कारागार चलान गरेको छ ।

केही सार्वजनिक अपराध मुद्दामा  मोरङ जिल्ला अदालतबाट २०७२ चैत ११ गतेको सजाय निर्धारण फैसला आदेशले २ हजार  जरिवाना भई लगत नं. ५६४९ र नकवजनी चोरी मुद्दामा २०६८ भदौ २९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमश १महिना २  दिन  कैद, ६ हजार  जरिवाना भई लगत नं. ३५०९ मा  कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका मोरङ  बिराटनगर महानगरपालिका ८ का ३४ बर्षीय अजय रायलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरि अदालतमा दाखिला गरेको हो ।

  उनीहरुलाई मोरङ जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको हो । यसैगरी  सुनसरी जिल्ला अदालतको  २०७२ चैत १ गतेको फैसला आदेशले क्रमश ३ बर्ष कैद तथा ३ लाख  जरिवाना भई  लगत नं. ७१८७ मा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला सुनसरी धरान उपमहानगरपालिका  ९ घर भई हाल धरान  ७ का ३४ बर्षीय रबिन बोगटीलाई पक्राउ गरि अदालतमा दाखिला गरेको र सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।