विराटनगर ।
६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबल टेनिस प्रतियोगिता शनिवार (आज) सम्पन्न भएको छ ।
प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुणकुमार बि.सी.को प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा ब्याडमिन्टन तर्फ १६ टिम, डबल टेबल टेनिसतर्फ १५ टिम र सिंगल टेबल टेनिसतर्फ १२ टिमको प्रतिस्पर्धा भएको थियो । डबल ब्याडमिन्टन प्रतियोगितामा बिजेता हुने जिल्ला प्रहरी कार्यालय मोरङका प्र.उ. जनार्दन जि.सी. र प्र.ज. जनम राई रहेका छन् ।
उपबिजेता हुनेमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्रनि खगेन्द्र एक्तेन र प्।नानि बुद्धी दराई रहेका छन् । त्यस्तै डबल टेबल टेनिसतर्फ बिजेता हुनेमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्रह आशाराम चौधरी र प्रह मान बहादुर राजबंशी रहेका छन् भने सिंगल टेबल टेनिसतर्फ बिजेता सोही केन्द्रका प्र.ह. आशाराम चौधरी र उपबिजेता प्रसनि देवीप्रसाद ढकाल रहेका छन् ।
खेल प्रतियोगितामा बिजेता तथा उपबिजेता हुने टिमहरुलाई आगामी असोज २० गते हुने ६६ औँ प्रहरी दिवस २०७८ मा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।