बिर्तामोड ।

 झापाको बिर्तामोड–४ को जनशक्ति बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशनले अध्यक्षमा पुनः हिमालयप्रकाश कन्दङ्वालाई सर्वसम्मत चयन गरेको छ । 

kandangwa

अधिवेशनले उपाध्यक्षमा ढुण्डीराज गुरागाई, सचिवमा मणिराज दंगाल, सदस्यमा विष्णुप्रसाद योङहाङ, शंकरप्रसाद सेढाईलाई पुनःआगामी कार्यकालका लागि सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यमा प्रमिला लिम्बु राई र भुमादेवी घिमिरे पनि सर्वसम्मत चयन भएका छन् । 

बिर्तामोडमा शनिवार भएको संस्थाको तेस्रो अधिवेशन तथा सातौ बार्षिक साधारणसभाले उनीहरुलाई सर्वसम्मत चयन गरेको हो । संस्थाको लेखा समिति संयोजकमा रामचन्द्र घिमिरे र सदस्य हरिमाया लिङ्देन र खगेन्द्रप्रसाद निरौला पुनः सर्वसम्मत चयन भएको संस्थाका उपाध्यक्ष गुरागाईले जानकारी दिए ।