बिर्तामोड ।

 झापाको बिर्तामोड–४ को जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले   सातौ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन गरेको छ । शनिवार बिर्तामोडमा भएको कार्यक्रम संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षता तथा  प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।   

संस्थाका अध्यक्ष कन्दङ्वाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाको शेयरपुँजी आर्थिक बर्ष २०७७/०७८ असार मसान्त सम्ममा एक करोड ८४ लाख ९४ हजार ५ सय रुपैयाँ छ । त्यसैगरी शेयर सदस्य संख्या ३ हजार ३ सय ९६ जना, बचत निक्षेप ५ करोड ७३ लाख ५७ हजार ५ सय ४२ रुपैयाँ ३७ पैसा, कर्जा लगानी ७ करोड ७३ लाख ८६ हजार २६ रुपैयाँ ९ पैसा, कोष हिसाव ५६ लाख २ हजारसय ४ सय ७१ रुपैयाँ  ५५ पैसा, आम्दानी १ करोड २८ लाख ९ हजार ६ सय ११ रुपैयाँ ७४ पैसा, खर्च १ करोड २२ लाख १७ हजार ८ सय २५ रुपैयाँ ८७ पैसा गरेर ५ लाख ९१ हजार ७ सय ८५ रुपैयाँ ८७ पैसा नाफा गरेको अध्यक्ष कन्दङ्वाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । 

janshakti 1

कार्यक्रममा उत्कृष्ट बचतकर्ता पवित्रा विक, उत्कृष्ट ऋण कारोवार फुरछेकी खरेल, जेष्ठ महिला शेयर सदस्य सम्पती राजबंशी, उत्कृष्ट वाल बचतकर्ता आयुष शिवाकोटी, उत्कृष्ट कर्मचारी दिपिका लिम्बु, संस्थापक सञ्चालक समिति सदस्य हस्तबहादुर तामाङ र गोमादेवी चुडाललाई नगदसहित सम्मान गरिएको थियो । 

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, कर्णाली सहकारीका अध्यक्ष टसवहादुर श्रेष्ठ, महिला जनजागरण सहकारीकी अध्यक्ष लक्ष्मी न्यौपाने सरुलगायतको उपस्थिति रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष ढुण्डीराज गुरागाईले गरेको कार्यक्रमलाई सचिव मणिराज दंगालले सञ्चालन गरेका थिए । संस्थाको अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने जनाइएको छ । 

संस्थाको बिर्तामोड, हल्दिवारी, बाह्दशी, सुरुङ्गा र शनिश्चरेमा सेवा केन्द्रहरु रहेको सचिव दंगालले जानकारी दिए ।