घैलाडुब्बा ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था घैलाडुब्बा सेवा केन्द्रले एकलाख ५० हजार रुपैयाँ ऋण मिनाह गरेको छ । सहारा नेपाल साकोस नारी चेतना सेवा केन्द्र घैलाडुब्बाद्धारा सञ्चालीत भवानी महिला समुह नं. ११ की सदस्य अनुखा चौधरीको श्रीमानको मृत्यु भएपछि ऋण बापतको एकलाख ५० हजार रुपैयाँ मिनाह गरिएकोे हो ।
चौधरीकै घरमा पुगरे सेवा केन्द्रले एकलाख ५० हजार रुपैयाँको चेक शुक्रवार हस्तान्तरण गरेको हो । सेवा केन्द्र इकाई समितिकी सदस्य नर्वदा संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रम कार्यक्रमकी प्रमुख अतिथि तथा कनकाई नगरपालिका वडा नं. ९ की सदस्य शान्ता चुडालले चेक हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चुडालले संस्थाको सदस्यका लागि सहारा नेपाल नामै काफी भएको बताइन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा मन्त्री चन्द्रप्रसाद चुलाल, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका इन्चार्ज गंगा थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख निर्मला प्रसाईले गरेकी थिइन् ।