विराटनगर ।
चोरी मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका तीन जना प्रतिबादीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालय (आरआइटी) समुहको प्रहरी टोलीले पक्राउ गरि अदालत बुझाएको छ ।
चोरी मुद्धामा मोरङ जिल्ला अदालतबाट मिति २०६२ बैशाख २७ गतेको सजाय निर्धारण फैसला आदेशले २ बर्ष १० महिना १८ दिन कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका–१५ का ३८ बर्षीय गणेश गौतम र सोही स्थानका ४० बर्षीय गंगा तामाङलाई आरआइटी समुहले गाउघरमै लुकेर बसेको अबस्थामा पक्राउ गरेको हो । मोरङ जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।
यसैगरी चोरी क्यान मुद्धामा मोरङ जिल्ला अदालतबाट मिति २०७६ कार्तिक २६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमश ३ महिना कैद तथा १० हजार जरिवाना ताकी लगत नं. ५३९ मा कैद जरिवाना बेरुजु रहेको असुल गर्न बाँकी रहेका मोरङ विराटनगर महानगरपालिका –७ घर भई हाल विराटनगर महानगरपालिका–६ झरना चौकका २४ बर्षीय आकाश साहलाई पक्राउ गरि मोरङ जिल्ला अदालतमा दाखिला गराएर कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।


















