ईलाम । 

ईलामको ईलाम नगरपालिका –१ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिनका २३ बर्षीय राजेश नेपाल रहेका छन् ।

  दक्षिणबाट उत्तरतर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागि रोकि राखेको अर्को ट्रकको सहचालक रहेका नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रक र चालक पाँचथरका ३४ बर्षीय सुकमान राई प्रहरीको नियन्त्रणमा रहेको छन् । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।