मोरङ ।
मोरङ रतुवामाई नगरपालिका –८ आँमडाडा स्थित आँमबारी–उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोकिई भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
मे१त ४४८७ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउदै गरेको प्र.३.०२.००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थानका २७ बर्षीय बिबेक पोखरेल र पछाडी सवार २८ बर्षीय यादव पाठक घाईते भई भएका थिए । दुर्घटनापछि उनीहरुलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको थियो ।
घाईते मध्ये यादव पाठकको उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालक रतुवामाई नगरपालिका– २ का ३२ बर्षीय गणेश पासवान ईलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेको छन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।