• उद्धव पुरी 

सुरुङ्गा । 

नेपाल खेलकूद महासंघका केन्द्रिय अध्यक्ष रमेश पौडेलले खेलाडीको क्षमताका आधारमा नेपाल सरकारले उनीहरुलाई ग्रेड तोकेर प्रशिक्षण दिनु पर्ने बताएका छन् । महासंघले त्यस विषयमा सरकारसँग माग गरिरहेकोे बताउँदै उनले सरकारले ध्यान नदिएको आरोप लगाए । ‘खेलाडीहरुसँग जुत्ता छैन, राम्रो खान पाएका छैनन्, अध्यक्ष पौडेलले भने ‘आफ्नो परिवारको पालनपोषण गर्न सकेका छैनन् ।’ उनले खेलाडीलाई स्वास्थ्य, शिक्षा र मनोरञ्जनमा फ्रि गर्नुपर्ने बताए । 

 खेल तथा प्रतियोगितामा पार्टी, जाती, धर्म, भाषा नहुने उनको भनाई थियो ।  प्रतियोगितामा सहभागी सवैलाई कांग्रेस, एमाले, माओवादी, राप्रपा जे भएपनि खेलमा उत्तिकै व्यवहार गरिने बताएका छन् ।  संघीय सांसद एलपी साँवा लिम्बुकी आमा दिलमायाको स्मृतिमा झापा क्षेत्र नं. ४ वडा स्तरीय पुरुष नक आउट फुटवल प्रतियोगिताका अवसरमा झापाको सुरुङ्गामा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सो कुरा बताएका हुन् ।  

lp3

झापा क्षेत्र नं. ४ का २८ वटा वडाका खेलाडीहरु सहभागी रहने प्रतियोगिताको आयोजना नेपाल खेलकुद महासंघले गरेको छ ।  प्रतियोगिताको संयोजन तथा संरक्षण स्व. दिलमायाका पति बुद्धिमान साँवा लिम्बु तथा साँवा परिवार रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । प्रतियोगिताको व्यवस्थापन समिति र सह–व्यवस्थापन संयुक्त भूपू सैनिक नेपाल शिवसताक्षी नगर रहेका छन् । 

कार्यक्रममा बोल्दै सांसद साँवाले खेलकुदलाई ब्यवायिक बनाउनु पर्नेमा जोड दिए । उनले पहिले पहिले कसैको मृत्युपछि उनको स्मृतिमा चौतारो, पाटीपौवा बनाउने प्रचलन भएको बताउँदै उनले  तर, खेलको माध्यमबाट समाजमा युवापुस्तालाई विकृति विसङ्गतिबाट जोगाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरेको बताए । 

lp1

आयोजक समितिका संयोजक तथा नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य सुनिल भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष रमेश पौडेलको प्रमुख आतिथ्य रहेको थियो । आयोजक समितिका संयोजक भेटवालले स्वागत गर्दै प्रतियोगिताको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा नेकपा एमाले झापा कार्यालय सचिव शिव ढुङ्गेल, अखिल नेपाल फुटवल संघका अध्यक्ष भगीरथ आले मामालगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । सोहि कार्यक्रमका वीच साँवा परिवारले दिलमायाको नाममा अक्षयकोष स्थापनाका लागि एकलाख एकहजार एकसय ११ रुपैयाँ प्रदान गरेको थियो । साथै कार्यक्रममा २८ वटै वडालाई जर्सी तथा फुटवलसमेत प्रदान गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति समेत निर्माण भएको कार्यक्रममा जानकारी गराइएको थियो । 

असोज १२ गते भोलीदेखि प्रतियोगिताको प्रिसेलेक्शन म्याच शुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्यस्तै क्वाटर फाइनल कार्तिक ८ गतेबाट शुरु हुनेछ भने फाइनल कार्तिाक १६ गते हुने साथै  क्वाटर फाइनलदेखि प्रतिस्पर्धामा उत्रने सवै टिमले पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २५ हजार र दोस्रो हुने टिमले एकलाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।  प्रतियोगिताका लागि १६ लाख ७० हजार ५ सय रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।