सोलु ।
सोलु लिखुपिके –५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरहरुको माथीबाट ढिस्को झरी एक जना मृत्यु र दुई जना घाईते भएका छन् ।
मृत्यु हुनेमा खोटाङका २८ बर्षीय रामकृष्ण राई र घाईते हुनेहरुमा दोलखा जिरी– २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ –८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् । सोमवार सुरुङमा काम गरिरहेको अबस्थामा रामकृष्णको ढिस्को झरि अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाईते भएका थिए ।
घाईतेहरुलाई उपचारको लागि हेलिकप्टरबाट आरएमसी हस्पिटल काठमाण्डौ लगिएको छ । प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कको प्रहरी टोलीले घटनाका विषयमा थप अनुन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


















