उदयपुर ।
उदयपुर बेलका नगरपालिका –३ त्रिबेणी चोकस्थित भित्रि सडक खड्मा स्कुटीको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७० बर्षीय हरिण्यबहादुर बस्नेत रहेका छन् । उत्तरबाट दक्षिण तर्फ गईरहेको बा.६६ प ६०५३ नम्बरको स्कुटीले ठक्कर दिई घाईते भएका पैदल यात्री बस्नेतको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्कुटी र चालक सोही स्थानका २६ बर्षीय एकराज बि.क. ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा रहेको छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।