ताप्लेजुङ ।
ताप्लेजुङ सिरिजंघा गाउपालिका –४, तेल्लोकमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय ईन्द्र भट्टराई रहेका छन् ।
पुर्बबाट पश्चिम आउदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले पदैल यात्री भट्टराईलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बु ईलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा रहेको छन् ।
घटना बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।