झापा ।
सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषणमा उल्लेख गरी ४० माइक्रोन भन्दा पातलो झोलालाई पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । द्दतर, झापासहित पूर्वका वजारमा ४० माइक्रोन भन्दा पातला प्लाष्टिकका झोला छ्याप्छ्याप्ती पाइन्छन् ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
वातावरण विभागले १ साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि आग्रह गरेको थियो । तर, झापासहित पूर्वका व्यापारीले वातावरण विभागको आग्रहलाई वेवास्ता गरेका छन् ।
विभागका अनुसार डिपार्टमेन्टल स्टोर, सपिङमल, व्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सूती, जुट वा कागजको झोला प्रयोग गर्नुपर्नेछ । तर झापासहित पूर्वका अधिकांश ठूला डिपार्टमेन्टल स्टोरदेखि सपिङ मल र साना पसलेहरुले समेत
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
प्लाष्टिकको झोला प्रयोग गर्न छाडेका छैनन् ।
सरकारले बजेट वक्तव्यमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा थप लगानी बराबरको रकम पुँजीगत अनुदान उपलब्ध गराउने घोषणा समेत गरेको छ । पूर्वाञ्चलले लेखेको छ ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)