इलाम ।

इलाम इलाम माईजोगमार्ई  गाउपालिका –५ सोयाङ गणेश गोलाइमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिरबहादुर तामाङ रहेका छन् ।

इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी  रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न  गएको अवस्थामा अचानक गाडी पछाडी सर्न गई किचेर घटनास्थलमै  मृत्यु भएको थियो ।

पिक अप र चालक इलाम सन्दकपुर गाउपालिका २ माइपोखरीका ३० बर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय ईलामको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।