मोरङ ।
मोरङ बुढिगंगा गाउपालिका –१ शान्ति चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका –८ डाँगिहाटका ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन् ।
विराटनगर आउदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशा जादै गरेको साईकललाई पछाडीबाट ठक्कर दिदाँ गम्भिर घाईते भएका साईकल चालक पन्तको कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
बस र चालक सुनसरी रामधुनी नगरपालिका –५ का ५३ बर्षीय शिबबहादुर पौडेल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


















