बिर्तामोड । 

झापासहित विभिन्न शहरमा पछिल्लो समय अटो खरिद गर्नेको संख्या बढेको छ । धेरैले अटो खरिद गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका छन् । अटो जीविकोपार्जनकै सारथी भएकाले पनि अटो खरिद गर्नेको संख्या पछिल्लो समय ह्वात्तै बढेको हो । 

टिभिएस अटोका लागि प्रदेश नं. १ कै आधिकारिक बिक्रेता सहारा अटो मोवाइल्स एण्ड कम्पनी बिर्तामोडले अटो खरिदकर्ता बढेको जनाएको छ ।

कम्पनी सञ्चलानमा आएको ५ बर्षको अवधिमा कम्पनीले ४ हजार वटा भन्दावढी अटो बिक्री गरेको कम्पनीका बिर्तामोड कार्यालय प्रमुख नविन गिरीले बताएका छन् । ‘कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउन पूर्णरुपमा खुलेको छ’ कार्यालय प्रमुख गिरीले भने ‘साथै दशैं तिहारमा टिभिएसको उपहारै उपहार योजना भएकाले पनि अटो खरिद गर्नेको संख्या बढेको छ ।’ 

उनले दशैं र तिहारको अवसरमा टिभिएसको अटो खरिदकर्ताले  ३ ग्रामको सुनको सिक्का, रियलमी मोवाइल फोन, १९२ लिटरको कोनका कम्पनीको फ्रिज उपहार पाउने बताए । अटोको माग वढिरहेको बताउँदै खरिदकर्ताको माग पूरा गर्ने गरी अटो अहिले नआइरहेको गिरीले बताए ।

अटो न्युनतम ५ लाख ८० हजारदेखि ६ लाख ३० हजार रुपैयाँसम्मका विभिन्न मोडलहरुमा उपलब्ध रहेको गिरीले जानकारी दिए । नेपालका लागि टिभिएस सवारीको आधिकारिक बिक्रेता जगदम्वा मोटर्स हो ।